काठमाडौं – पुर्व सभामुख दमननाथ ढुंगानाले शुद्धिकरणको नयाँ अभियानका लागि आफूहरु प्रदर्शनमा उत्रिनुपरेको बताएका छन् ।
आइतबार सर्वोच्च परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले गरेको प्रदर्शनमा बोल्दै ढुंगानाले अहिले किन प्रधानन्यायाधीश राणाको राजीनामा किन मागिएको छ भन्ने बारे बुझ्न जरुरी भएको भन्दै न्याय क्षेत्रमा शुद्धिकरणको अभियान शुरु भएको बताए ।
त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यो आन्दोलन व्यक्तिविरुद्ध नभएर प्रवृतिविरुद्ध भएको भन्दै सर्वोच्चको नेतृत्वले छिटो निकास दिने विश्वास व्यक्त गरे । उनले राजीनामा माग्ने आन्दोलन नरोकिने बताउदै अझ शसक्त रुपमा आन्दोलन गर्ने बताए ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आन्दोलन शुरु गरेको छ । बारले आइतबार पहिलो दिन हातमा कालो पट्टी बाँधेर प्रदर्शन शुरु गरेको हो ।
प्रदर्शनमा बारका पूर्व अध्यक्षहरुसहित वतर्मान पदाधिकारीहरु सहभागी रहेका छन् । वकिलहरु सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।