काठमाडौं –  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा पनि प्रदर्शन भएको छ ।


ADVERTISEMENT


आइतबार धेरैजसो  नेपाल बार एशोशियसनका वकिलहरुले आँखामा कालो पट्टी बाँधेर जबराको विरोध गरिरहँदा केही वकिलहरुले हातमा सेतो पट्टी बाँधेर समर्थन गरिरहेको देखिन्छ ।


ADVERTISEMENT

# # #


हातमा सेतो पट्टी बाँधेर प्रदर्शन गरेका वकिलहरुले जबराको समर्थन गरेका हुन् ।

उनीहरुले जबराको राजिनामा माग अनावश्यक रहेको तर्क गरेका छन् ।

आइतबार बारका वकिलहरुले आँखामा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराको राजिनामा माग गरिरहँदा समर्थन गर्नेहरुले सेतो पट्टी पाखुरामा बाँधेको यस्तो दृश्य देखिएको हो ।