काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५% सम्म छुट हुने भएको छ ।


ADVERTISEMENT


बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


जस अनुसार ग्राहकले सोवा हेल्थकेयर सेन्टरमा स्वास्थ्यका विभिन्न  क्षेत्रमा १५% सम्म छुट पाउने भएका हुन् ।

यस सम्झौता पश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम् बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग बापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५% सम्म छुट पाउनेछन् ।

सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।