काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए ।


ADVERTISEMENT


प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार पुनः छलफलमा जुटेसँगै तिहारलगत्तै आन्दोलनलाई थप सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् । ‘हामीले प्रधानन्यायाधीशको सर्त पनि हेर्यौं, उनले सम्मानजनक बहिर्गमन चाहेको न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मासँग प्रस्ताव राखे,’ एक न्यायाधीशले भने, ‘हामीलाई के शंका लाग्यो भने उनको यस्तो प्रतिबद्धता आउने तर कार्यान्वयनमा शंका देखेपछि हामीले तत्काल प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्यौं ।’


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश राणाले आफूबाहेकको इजलासमा बन्दी प्रत्यक्षीकरण रिटको मात्रै पेसी तोकिदिएपछि न्यायाधीशहरू इजलास फर्किएका थिए । गत सोमबार ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ भएपछि प्रधानन्यायाधीशले मंगलबार पनि ६ वटा बन्दी प्रत्यक्षीकरण रिट तोकेका थिए । तर, न्यायाधीशहरू आफूहरूलाई प्रधानन्यायाधीशले अलमलमा मात्रै राख्न खोजेको निष्कर्षपछि मंगलबारको सुनुवाइ प्रभावित हुन पुग्यो । न्यायाधीशहरूले बुधबार बन्दी प्रत्यक्षीकरण रिट मात्रै हेर्ने र तिहारपछि आन्दोलनको कार्यक्रम लिएर आउने निष्कर्ष निकालेका छन् ।

९ दिनदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका थिए । सुरुमा फुलकोर्ट बैठक बहिष्कार गर्नेमा सर्वोच्चका १४ न्यायाधीश थिए । प्रधानन्यायाधीशको विपक्षमा अहिले सर्वोच्चका १९ न्यायाधीश एक जुट भएर उभिएका छन् । न्यायाधीशहरू प्रधानन्यायाधीशको राजीनामा नआएसम्म नियमित मुद्दा नहेर्ने निचोडमा पुगिसकेका छन् । यता प्रधानन्यायाधीश राणा राजीनामा नदिने बरु सुनुवाइका लागि इजलास तोकिरहने मनस्थितिमा छन् । राजधानी दैनिकमा  खबर छ  ।