काठमाडौं – खानेपानी मन्त्री उमाकान्त चौधरीले जुनसुकै मूल्य चुकाएर पनि मेलम्चीको पानी छिटै उपत्यकामा ल्याउने बताएका छन् ।


ADVERTISEMENT


उनले काठमाडौंबासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने पनि दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


झापामा खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि गएका मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा विज्ञको टोलीले निरीक्षण गरेको र आफूले स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौंबासीलाई अस्थायी रुपमा भए पनि खानेपानी उपलब्ध गराउने दाबी गरेका हुन् ।

आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंबासीलाई पिलाउने प्रतिबद्धता जनाउँदै मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाए।

गत असार १ मा मेलम्चीमा आएको बाढीले खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति पुगेको थियो।  मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागि पर्ने उल्लेख गरेका थिए।