काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध नलडेको भए देश दुर्घटनामा जाने खतरा देखेको बताएका छन् ।


ADVERTISEMENT


माओवादी थिमि नगरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले देश दुर्घटनामा जाने र जनता निरंकुशताको जाँतोमा पिल्सिने देखिएको कारण नै लड्नुपरेको बताएका हुन् । उनले संविधानको पक्षमा हुने, समानवेशी समानुपातिकताको पक्षमा, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको पक्षमा हुने पार्टीहरू एक ठाउँमा ल्याएर सरकार बनाएको बताए ।


ADVERTISEMENT

# # #


उनले एमालेको निरंकुश प्रवृतिका कारण नै केन्द्र लगाएत सवै प्रदेशमा गठबन्धनको सरकार बनेको तर्क गरे । उनले अहिले पनि मुलुकको परिवर्तन उल्टाउने तथा माओवादी आन्दोलनलाई कमजोर बनाउने षडायन्त्र भएको भन्दै त्यसको टार्जेट आफुलाई बनाउन खोजेको धारणा राखे । त्यस्तै उनले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने स्पष्ट पारे ।

उहाले अवको निर्वाचनमा माओवादीलाई एक नंवरको पार्टी बनाउनका लागि जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए । त्यसअघि उनले थिमिस्थीत नेपालका राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिममा माल्यार्पण गरेका थिए ।