काठमाडौँ – नेवार समुदायले शुक्रबार म्हः पूजा मनाएका छन् ।


ADVERTISEMENT


काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । यसरी आत्मको पूजा गर्नुलाई म्हः पूजा भनिने संस्कृतविद्हरुको भनाई छ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गर्ने प्रचलन रहेको छ ।


ADVERTISEMENT

# # #


शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई दिएर पूजा गरिन्छ । पूजा सकिएपछि भोज खाने प्रचलन रहेको छ ।

म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।