काठमाडौँ – ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नको लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह समितिले चाँडोभन्दा चाँडो नेपाल सरकारले समिति गठन गरेर वार्ता गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


समितिकी सचिव पुष्पा राणा घलेले छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न सरकारसँग आग्रह गरे । उनले आफु नेपाल सरकारसँग बेलायतसँग भएको सम्झौता अनुसार वार्ता समिति गठनको लागि आग्रह गर्न आएको पनि बताए । ब्रिटिश सरकारसँग नेपालले गरेको त्रिपक्षीय सन्धिअनुसार कार्यान्वयन गर्नसमेत नेपालले चासो दिनुपर्ने उनको भनाई छ ।

नेपाली ब्रिटिश सेनामा कार्यरत सैनिकहरुको हकहितको माग राख्दै अगस्ट महिनामा १३ दिनसम्म अनसन बसेर बेलायतका रक्षामन्त्री, गोर्खा भुपु सैनिकको प्रतिनिधि र नेपाल सरकारको प्रतिनिधिको रोहवरमा अनशनरत ३ जनाले वार्ताद्धारा माग पूरा गर्ने शर्तमा अनशन तोडेको उनले जानकारी दिए ।