काठमाडौं – सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत् सट भएर सोमबार आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट भएको छ ।


ADVERTISEMENT


गोलबजार नपा ६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जल्दा करिब १२ लाखको मूल्य बरावरको सामाग्री जलेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादवको घर भाडामा लिएर सञ्चालन गरेको शोरुममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गोदाममा करिब १२ लाख मूल्य बराबरको सामान रहेको सञ्चालक ज्योति नायकले बताए । जसमध्ये सबै सामाग्री जलेर नष्ट भएको छ ।  आगो गोलबजार नगरपालिकाको वारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिब एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।