काठमाडौँ– मलेसियामा जारी एसीसी यू– १९ एसिया कप क्रिकेटमा नेपालले इण्डिया सामु १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेको थियो । तर दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेपछि निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


१ सय १ बलको सामना गरेका कप्तान ऐरीले ऐरीले २ छक्का र ६ चौकाको मद्दतमा ८८ रनको सानदार पारी खेलेका थिए । उनी ४९ औं ओभरमा क्याच आउट हुन पुगे । यस्तै ओपनर जितेन्द्र सिंहले ३६ र भीम सार्कीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

मोहमद आसिफ शेख, पवन सर्राफ, अनिल कुमार साह, रोहित कुमार पौडेल, कमल सिंह ऐरी दोहोरो स्कोर नगर्दै आउन हुन पुगे । भारतीय कप्तान अभिशेख शर्मा र आदित्य थाक्रेले समान २ विकेट लिए ।
इण्डियाले केहीबेरमा जवाफी इनिङ्स थाल्नेछ ।

हिजो भएको खेलमा नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेल नेपालले पर्सी आयोजक राष्ट्र मलेसियासंग खेल्नेछ ।