एजेन्सी – बलिउड मोडल पूनम पाण्डेका श्रीमान् साम बोम्बे पक्राउ परेका छन् । पोण्डेको उजुरीपछि मुम्बई प्रहरीले बोम्बेलाई मंगलबार गिरफ्तार गरेको हो ।


ADVERTISEMENT


भारतीय मिडियाका अनुसार पाण्डेले बोम्बेले आफूलाई कुटपिट गरेको भन्दै उजुरी गरेकी थिइन् । पक्राउ परेका बोम्बेमाथि मुम्बई प्रहरीले मुद्दा अघि बढाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धानसमेत अघि बढाएको छ ।


ADVERTISEMENT

# # #


उजुरीपश्चात पाण्डेलाई अस्पताल भर्ना गरिएको छ । उनको टाउको र आँखामा गम्भीर चोट रहेको बताइएको छ ।

सेप्टेम्बर २०२० मा गोप्य बिहे गरेकी पाण्डेले गत वर्ष पनि आफूमाथि बोम्बेले कुटपिट गरेको आरोप लगाएकी थिइन् ।