काठमाडौँ– गुराँस लघुवित्त वित्तीय संस्था लि. को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष  उदयनारायण बरालको अध्यक्षतामा मंगबलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


सो सभामा आर्थिक वर्ष ०७७/०७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैँयाकोे ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गर्नुका साथै आर्थिक वर्ष ०७७/०७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आ.व. ०७७/०७९ का लागि लेखापरिक्षक नियुक्ती समेत गरिएको छ ।

यसैगरि संस्थाका संस्थापक समूह ‘क’ अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

२०७३ कार्तिक २२ गते स्थापित संस्थाको छैठौं स्थापना दिवसका दिन सम्पन्न उक्त साधारण सभामा सहभागी शेयरधनी महानुभावहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।