मकवानपुर – मकवानपुरमा राप्रपाका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


मकवानपुरगढी र इन्द्रसरोवरका विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी  प्रवेश गर्नेमा जिल्ला सदस्य इन्द्रसरोवर–२ का हरिकृष्ण सापकोटाका साथै मकवानपुरगढी–७ का मदन लामा, धावा लामा, ज्ञानबहादुर रुम्बा, मकवानपुरगढी–२ का १० जना रहेका छन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, सांसद देवीप्रसाद तिमल्सिना, मकवानपुरगढी–७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, मकवानपुरगढी-२ का वडा सदस्य रामप्रसाद पुडासैनी, संघीय सभापति यतिराज सापकोटा, मकवानपुरगढी गाउँपालिका सभापति राजबिर मोक्तान, निवर्तमान हेटौंडा नगरसभापति आनन्दराम पराजुली लगायतको उपस्थिति रहेको थियो ।