काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य नभएको बताएका छन् ।


ADVERTISEMENT


गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका बुधबार आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले सरकारलाई नियन्त्रण गर्ने र सरकार भन्दा माथि जस्तो देखिने समितिको कुनै औचित्य र आवश्यकता नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘सरकारलाई नियन्त्रण गर्ने मनशायले अघि बढेको हामी देख्छौँ । प्रजातान्त्रिक मूल्यमान्यताका दृष्टिकोणबाट हेर्ने हो भने यस्तो समन्वय समितिको आवश्यकता नभई किन उहाँहरुले बनाउनु भयो ?’ उनले भने, ‘सरकारले पो काम गर्ने हो । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संविधान र विधिविपरित हुन्छ ।’

उनले अहिले सरकारमा सत्ता गठबन्धनका दलहरु सहभागी भए पनि राज्यसत्ता सरकारले चलाउने उल्लेख गरे । त्यस्तै उहाले न्यायलयमा देखिएको गतिरोधका कारण सर्वसाधारणहरु मर्कामा परेको भन्दै गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए । नेता सिंहले वर्तमान परिस्थितिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको भन्दै संविधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राखे ।

उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने पनि बताए । नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदानको चचाए गरेका थिए । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए ।