मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला सल्लाहकारसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


बुधबार एक समारोहका बीच नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जनालाई कांग्रेसमा स्वागत गरेका हुन् । कांग्रेस प्रवेश गरेकाहरु मध्ये तिवारी स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा–१६ मा अध्यक्षका उम्मेदवार गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै हेटौंडा–११का कृष्णप्रसाद सापकोटा, हरिप्रसाद सापकोटा, नेत्रप्रसाद ढकाल नेकपा एमालेका पूराना नेता हुन् भने हेटौंडा–७ लिला गौतम माओवादी नेता हुन् ।

पार्टी प्रवेश गर्नेहरुलाई स्वागतपछि बोल्दै नेता बानियाँले अन्य पार्टीमा नेता कार्यकर्ताको असन्तुष्टि र वितृष्णा पैदा भएकाले कांग्रेसमा प्रवेश गर्नेको संख्या बढेको बताए । उनले पार्टी प्रवेश गरेकाहरुलाई उपयुक्त अवसर प्रदान गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।