काठमाडौं – नेकपा (एमाले)का नेता खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको बताएका छन् ।


ADVERTISEMENT


रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा अधिकारीले गठबन्धनले बनाएको समन्वय समिति समेत असंवैधानिक भएको बताएका  हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारे । पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने पनि उनले बताए ।

अधिकारीले समाजवादको पूर्वाधार बनाउनको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूल कार्यभार बनाएर अघि बढ्ने पनि विश्वास दिलाए ।