अनुसा थापा 


ADVERTISEMENT


काठमाडौं –  देशैभरका वा उपत्यकाभित्र जति पेट्रोल पम्पहरु छन् ती सबैजसो सरकारको मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । अहिले सञ्चालनमा रहेका  सबैजसो पेट्रोलपम्प सरकारको मापदण्डभित्र परेको छैन ।


ADVERTISEMENT

# # #


पेट्रोलपम्प व्यवसायीहरुले सरकारले बनाएको मापदण्ड राजनीतिक आडमा दराजमा थन्काइदिएका छन् । सम्बन्धित मन्त्रालय, विभाग अर्थात् उधोगमन्त्रीलाई पनि यसमा खासै चासो देखिएको पाइएको छैन ।

पम्प व्यवसायीहरुले सरकारले बनाएको मापदण्डलाई घाममा सुकाइरहँदा यसकाे नियमनकारी निकाय उधोगमन्त्रालय भने मापदण्ड पालना गराउन दशकौंदेखि उदासीन देखिएको छ । घना बस्ती र विद्यालयको छेउछाउसमेत चुकुक्क परेको तीन आनाको जग्गामा पेट्रोल पम्पहरु सञ्चालन भइरहँदा सरकारको उदासीनताले मापदण्ड पालना गराउन मुस्किल परेको छ ।

यता सरकारले बनाएका ऐनकानुन पेट्रोलपम्प व्यवसायीहरुको महासंघले कार्यान्वयनमा लान दिएका छैनन् । आगलागी र विस्फोटजस्ता जघन्य घटना मानवीय त्रुटीकै उपज भए पनि व्यवसायीलाई धन कमाउनुसँग मतलब छ । मानवीय त्रुटीबाट हुने घटनालाई पनि प्राकृतिक घटनाका रुप दिने हाम्रो मौलिक संस्कार छँदै छ ।

हाल नेपालमा रहेका जति पनि पेट्रोलपम्प छन् ती सबै सडक छेउ वा घनाबस्तीको बीचमा रहेको हामी देख्न सक्छौं । धेरैजसो पेट्रोलपम्प त  ३ देखि ४ आनाको जग्गामा सञ्चालित रहेको आँखाले नै देख्न सकिन्छ ।

यता सरकारले  ठूलो एरियामा पेट्रोलपम्प सञ्चालन गर्ने मापदण्ड बनाएको छ । एउटा पेट्रोलपम्प सञ्चालन गर्नको लागि ३ रोपनी जग्गाको मापदण्ड पनि बनेको छ । तर, व्यवसायीले मोटो रकम पार्टी र पार्टीका कार्यकर्तालाई चन्दा दिने हुँदा कार्यान्वयनमा समस्या आएको छ । अर्कोतिर कतिपय पम्पहरु राजनैतिक  पार्टीकै कार्यकर्ताका छन् । जो सबैभन्दा कम जग्गामा बनेका छन् । घनाबस्तीको बीचमा, तीन आनामा पम्प सञ्चालनका जोखिम निकै भयावह छ ।

घनाबस्ती र मानिसको बाक्लो चाप नभएको ठाँउमा पेट्रोलपम्प सञ्चालन गर्न दिने भनिएको भए पनि यसलाई टेर्ने काम व्यवसायीबाट भएको छैन  । पेट्रोलपम्पमा पेट्रोल डिजेल भर्न जाने गाडीले जाम गर्न पनि नपाउने नियम छ ।  तर, अहिले भएका पेट्रोलपम्पको कम्पाउण्डभित्र दुईवटा गाडी पनि अट्दैनन् । ठुला गाडीहरुले त जाम गराउँदै सडकमै बसेर पेट्रोल डिजेल भर्छन् । सडकको छेउमा पेट्रोलपम्प सञ्चालन गर्न दिदाँ  पैदलयात्रीलाई निकै हैरानी हुने गरेको छ । पेट्रोलडिजेल भर्न आउने गाडी सबै बाटो भरि तेर्स्याइएको हुन्छ जसले पैदलयात्रीहरुलाई त्यही गाडीको बिचबाट बाहिर निस्कनुपर्ने बाध्यता छ भने अर्कोतर्फ सडक जाम बढेको छ । बाटामा हिँड्ने बटुवाले चुरोट लगायतका धुमपान गर्दा हावाबाट नै आागलागीको जोखिम पनि बढेको छ ।

२०७१ सालमा नेपाल सरकारका  प्रधानमन्त्री सुशील कोइरालाले मापदण्ड नपुगेका पेट्रोलपम्पहरुलाई हटाउने भनेका थिए । त्यस्तै, उपत्यकाभित्र भएका जोखिमपुर्ण पेट्रोलपम्प उपत्यकाबाहिर सार्ने भनिएको थियो । कोइराला बितेको यतिका वर्ष भइसक्दा पनि नियम र कानुन कार्यान्वयनमा नआउनु लज्जाको विषय हो ।