काठमाडौँ– सिभिल अस्पतालमा उपचार गर्न चाहानेले अब मिदास टेक्नोलोजीबाटै अनलाईन अपाइेन्टमेन्ट लिन सकिने भएको छ ।


ADVERTISEMENT


मिदास टेक्नोलोजीले सिभिलमा दिर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको हो ।


ADVERTISEMENT

# # #


यसका लागि मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दै आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरुका लागि २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत ५०% छुटका साथै अनलाइन टेली कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ । साथै, मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नेछन् ।

विश्वमा जारी कोरोना महामारीको सन्दर्भमा अनलाइनमार्फत बिरामी आफैँले अपोइन्टमेन्ट लिनसक्ने र भुक्तान गर्न सकिने भएको हुँदा यसले बिरामीलाई सहज हुनुका साथै समयको समेत बचत हुने अपेक्षा लिइएको छ । यस्तै, यस सुविधाले अस्पतालको ओपीडी सेवालाई समेत सहज बनाउँदै बिरामीको सन्तुष्टि बढाउने कम्पनीको विश्वास छ ।

मिदासले विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको हो । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।