बैंगलौर– भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकरबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


बैंगलौरस्थित गुरु रवि शंकरको आर्ट अफ लिभिङ्ग आश्रममा उक्त भेट सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


भेटमा अध्यक्ष ढकालले गुरु रवि शंकरले विश्वमा मध्यात्मीक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्‍याएका अतुलनीय योगदानको प्रंशसा गरेका छन् । उनले गुरु रबि शंकरको शिक्षाले नेपालका पनि लाखौ नागरिक लाभान्वीत भएकोमा नेपाली जनताको तर्फबाट धन्यवाद समेत ज्ञापन गरे ।

विश्व शिखर सम्मेलनको विशेष दुतसमेत रहेका ढकालले गुरु रवि शंकरलाई विश्व शान्ति सम्मेलनमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्न आयोजकको तर् बाट आमन्त्रण पत्र पनि हस्तान्तरण गरेका छन् । गुरु रवि शंकरले नेपालका चचित युवा नेतालाई आफ्नो आश्रममा स्वागत गर्न पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण नेपाली हरुमा र विश्वशान्ती अभियानका सदस्यहरुमा सुख शान्ति र समृद्धि होस भनी कामना गरे । करिब ३० मिनेट भएको भेटघाटमा नेपाल भारत बिचको पारस्परिक सम्बन्ध लाई थप सुदृढ बनाउने विषय देखी दक्षिण एशिया र सिङ्गो एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वको बारेमा पनि छलफल भएको थियो ।

गुरु रवि शंकरले यूनिभर्सल पिस फेडरेशनका संस्थापक महामहिम डा. सन म्योङ्ग मून र श्रीमती डा. हाक जा हान मुनको विश्व शान्तिको अथक प्रयासको उच्च प्रशंसा गर्दै मदर मूनको सुस्वास्थ्य दिर्घायुको कामना गरे । गुरु रवि शंकरलाई भेट्न पूर्व मन्त्री ढकाल, परिवार दलका प्रवक्ता संतोष कुमार पौडेल र दक्षिण एसियाली मामीलाका संयोजक कृष्ण अधिकारी सहभागि थिए । विश्वका १५५ राष्ट्रमा करिब ३७ करोड भक्त भएका गुरु रबि शंकर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि अति निकट व्यक्तित्व हुन् ।

पूर्वमन्त्री ढकाल ले केहिदिन अघिमात्र बिहार स्थित नालन्दा विश्वविद्यालयमा आयोजित विशेष सभामा सम्बोधन गर्नुको साथै बिहारका मुख्य मन्त्री नितेश कुमार लगायतका नेताहरुसँग भलाकुसारी समेत गरेका थिए ।