पाल्पा– क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु ।’


ADVERTISEMENT

# # #


पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए । रासस