काठमाडौँ– नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ४०० रुपैँयाले उकालो लागेर ९४ हजार ४०० रुपैँया कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला ९४ हजार रुपैँयामा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैँया रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैँया तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य बिहीबारका तुलनामा १५ रुपैँया ले उकालो लागेर एक हजार २८५ तोकिएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २७० रुपैँयामा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।