कञ्चनपुर– जिल्लास्थित आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखा विस्तार भएको छ ।


ADVERTISEMENT


इन्स्योरेन्सले आफ्नो शाखा बिस्तार गर्ने क्रममा हालै पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको हो ।


ADVERTISEMENT

# # #


एक समारोहबीच कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले सभापतित्व गरी पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाको प्रमुख आतिथ्यतामा उक्त शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरे ।

सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आई. एम. ई. लाइफ इन्श्योरेन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताएका छन् ।उक्त शाखाबाट सुदुरपश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा आई. एम. ई लाईफ इन्श्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु अझैसुदृढ र सक्षम हुने कुराप्रति कम्पनी विश्वस्त रहेको कम्पनिका सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाको भनाई छ ।

चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई शेयर बिक्रि गर्न लागेको आई. एम. ईका प्रमुख कार्यकारी अधिकृत फुयालले सर्वसाधारण जनसमुदायमा जिवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए । देशभर १३४ वटा शाखा तथा उप—शाखा रहेको कम्पनीमा हाल २,०७,४३४ बीमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन् ।