काठमाडौं – सर्वोच्च अदालतको मूल गेटको  धर्नालाई थाहै नहुने गरी  भित्र गई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले  दश वटा इजलासको पेशी तोकिदिएका छन् । राणाले आफ्नो लागि इजलास नतोके पनि बन्दी प्रत्यक्षीकरणका दश वटा इजलासको पेशी तोकिदिएका हुन् ।  राणा धर्नाका कारण बिहान १०:४८ मा  सर्वोच्च छिरेका हुन् ।


ADVERTISEMENT


आज राणाले न्यायाधीशहरू दीपककुमार कार्की र आनन्द मोहन भट्टराई, मिरा खड्का र हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमा, बमकुमार श्रेष्ठ र हरिप्रसाद फुयाल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी, प्रकाशमान सिंह राउत, कुमार रेग्मी र कुमार चुडाल, तेजबहादुर केसी र मनोजकुमार शर्मालाई इजलास तोकेका हुन्।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश राणाले आइतबारका लागि ८ संयुक्त र २ एकल इजलासमा २७२ थान मुद्दाको पेशी तोकेका छन् ।