काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठन काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्य क्याम्पस अगाडी सत्तारुढ दल निकटका विद्यार्थी संगठनले ग्यास सिलिण्डर बोकेर बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले राजीनामा माग गरे ।


ADVERTISEMENT

# # #


उनीहरुले ‘मलाई किन यति अमूल्य बनायौ ?’, ‘गरिब जनताको घरमा म कसरी बल्ने ?’ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर’ , ‘मूल्यवृद्धि नियन्त्रण गर’, ‘संयुक्त बिद्यार्थी आन्दोलन जिन्दावाद’ लगाएतका नारा लगाएका थिए ।

विरोध प्रर्दशनपछि कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले निगमको निजी स्वार्थका कारण मूल्यवृद्धि गरेको आरोप लगाए । उनले तत्काल मूल्यवेद्धि फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै निगम भित्रको भ्रष्टचारको छानविन गर्न माग गरे ।

त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वीकार नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिइन् ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।