काठमाडौं – नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्यूत गर्नु अपरिहार्य रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुको विकल्प नरहेको बताएका हुन् । जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा पदच्यूत गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए । प्रधानन्यायाधीश जबराले न्यायमा विचलन ल्याई न्याय प्रशासनलाई बर्बाद बनाएको उनको आरोप छ ।


ADVERTISEMENT

# # #


श्रेष्ठले भने, ‘हामी न्यायपालिका सुधारको लागि लागेका छौँ । न्यायपालिकाको बाधक चोलेन्द्र शमसेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ । त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ । राजीनामा मात्रै होइन, अब त पदच्यूत पनि गर्नुपर्ने अपरिहार्य अवस्थामा हामी पुगेका छौँ ।’