काठमाडौं – युक्रेनले रुसी  सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको दाबी गरेको छ ।  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको  दाबी गरेका हुन् ।


ADVERTISEMENT


राष्ट्रपति जेलेन्स्कीले एक वेवसाइटमार्फत् विश्व समुदायमाथि यस्तो जानकारी  जानकारी दिएका हुन् । रुसले ठूलो संख्यामा सीमा क्षेत्रमा सैनिक तैनाथ गरेर रुसले शान्ति नचाहेको समेत उनले आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘कसले शान्ति चाहेको र कसले नचाहेको भन्ने विश्वले अब स्पष्ट देख्न सक्छ। १ लाख सैनिक युक्रेनको सीमामा तैनाथ गर्ने मुलुकले शान्ति चाहेको कि हामीले त्यो पनि विश्वले छुट्याउनेछ ।’

युक्रेनी सीमा क्षेत्रमा खटिएका रुसी सैनिकले जुनसुकै समयमा आक्रमण गर्नसक्ने त्रास रहेकोसमेत उनले बताएका छन् । यसअघि नोभेम्बर ३ मा युक्रेनको रक्षा मन्त्रालयले आफ्नो सीमा क्षेत्रमा ९० हजार रुसी सैनिक खटिएको बताएको थियो ।