काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको धर्नालाई आज पनि निरन्तरता दिएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।


ADVERTISEMENT


उनीहरुले प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गर्दै आएका छन् । यता सोमबार प्रधानन्यायाधीश जबराले आन्दोलन छोडेर वार्तामा आउन वकिलहरुलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई आन्दोलन छोडेर वार्तामा आउन आह्वन गरेका हुन् । तर ,नेपाल बारले भने वार्तामा नजाने र जबराले तत्काल राजीनमा दिनुपर्ने बताएको छ ।