कञ्चनपुर –  नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थ सहित खाना पकाउने ईन्धनमा गरेको मुल्य बृद्धिको बिरोधमा नेकपा विप्लवले आज नेपाल नेकपा विप्लवले आज नेपाल बन्द गरेको छ। नेकपा विप्लवले केन्द्रीय पार्टीको निर्देशन अनुरुप कञ्चनपुरमा समेत नेपाल बन्दको प्रभाव परेको छ।


ADVERTISEMENT


मंगलबार बिहानैदेखि यातायात, शैक्षिक संस्था, उद्योग धन्दा कलकारखाना लगायतका अति आवश्यकीय सेवा बाहेक अन्य सबै बन्द भएका छन् । विप्लव कञ्चनपुरका नेता कार्यकर्ताहरुले बिहानैदेखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सहित विभन्न स्थानमा टायर बालेर बन्द कडा हुने संकेत गरे ।


ADVERTISEMENT

# # #


नेकपा कञ्चननपुरका युवा नेता दिपेन्द्र सिंह ऐरीले बन्द रहर नभई बाध्यता भएकाले सरकारले जनतालाई सेवा सुविधा दिनुको साटो अतिआवश्यकीय बस्तु तथा सेवामा मुल्य बृद्धि गरेको बताए।