काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मंसिर ३ गते (शुक्रबार) भित्र राजीनामा दिन नेपाल बार एसोसिएशनले अल्टिमेटम दिएको छ ।


ADVERTISEMENT


आज बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


बुधबार बारको कार्यालय परिसरमा बोल्दै श्रेष्ठले जबराको राजीनामा न्यायालयको शुद्धिकरणको लागि भएको पनि बताए ।

उनले जबराको वार्ताको लागि आह्वानलाई आँखामा हाल्न धुलो ल्याइएको भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।