काठमाण्डौं-यस वर्ष धान उत्पादन नबढ्ने कृषि कार्यालयले जनाएको छ ।‘यो वर्ष रोपाइँ क्षेत्रफल बढेन, गत वर्षको तुलनामा केही कमै भयो, उत्पादन पनि उही अनुपातमा रहने आँकडा छ,’ उनले भने, ‘पहिले जस्तो खेती गर्ने चलन पनि घट्दै गएको छ ।’ जिल्लाका केही क्षेत्रमा मौसम प्रतिकूल रहेको र केहीमा स्थानीय तह निर्वाचनले समयमा रोपाइँ हुन नसक्दा उत्पादन बढ्न नसकेको योजना शाखाका अधिकृत युकमणि भट्टराईले बताए ।


ADVERTISEMENT


जिल्लाका ९ वटै स्थानीय तहमा धानखेती हुन्छ । मुख्य गरेर भोजपुर र षडानन्द नगरपालिकामा बढी खेती गरिन्छ ।


ADVERTISEMENT

# # #


हाल १९ हजार १ हेक्टर क्षेत्रफलमा यसको उत्पादन हुन्छ । विगतका वर्षमा औसत ५ प्रतिशतका दरले उत्पादन बढे पनि यस वर्ष नबढ्ने कार्यालयको भनाइ छ ।