काठमाडौं – फिलिपिन्सले दक्षिण चीन सागरस्थित आफ्नो नियन्त्रणमा रहेको जलक्षेत्रबाट पछि हट्न चीनलाई चेतावनी दिएको छ । चीनले फिलिपिन्सको नियन्त्रणमा रहेको क्षेत्रमा आफ्नो जहाज पठाई फिलिपिन्सको डुङ्गालाई पनि रोकेसँगै मुलुकका शीर्ष अधिकारीले चीनलाई चेतावनी दिएका हुन्।


ADVERTISEMENT


फिलिपिन्सको विदेश मामिला सेक्रेटरी टोओडोरो लोकसिनले बिहीबार दक्षिण चीन सागरमा चिनियाँ सेनाको गतिविधिको भर्त्सना गरेका हुन् । उनले यो घटनामा कुनै क्षति भने नपुगेको बताएका छन् । उनले फिलिपिन्सका जलसेना दक्षिण चीन सागरमा अमेरिका–फिलिपिन्स आपसी रक्षा सन्धीअनुसार स्थापित भएको स्मरण पनि गराएका छन्।


ADVERTISEMENT

# # #


लोकसिनले चीनको यस किसिमको कार्य गैरकानुनी भएको बताएका छन्। ‘चीनलाई ती क्षेत्रमा कुनै पनि गतिविधिको अधिकार छैन। उनीहरु तत्काल फिर्ता जानुपर्छ’, लोकसिनले भने । यस विषयमा चीनले भने कुनै प्रतिक्रिया दिएको छैन। चीनले पूरै दक्षिण चीन सागरलाई आफ्नो दाबी गर्दै आएको छ। तर, चीनसहित ब्रूनाई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएका छन् ।