काठमाण्डौं-शुक्रबार गृहजिल्ला ओर्लिएका ओली तीन दिनदेखि लगातार चुनावी कार्यक्रमहरुमा व्यस्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकासलाई अभियानका रुपमा अघि बढाउन वाम गठबन्धन गरेको बताएका छन् ।


ADVERTISEMENT


आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादहस्थित स्कुलचौनमा आज बिहान चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताए । उनले मुलुकलाई गरिबीको रेखामुनिबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको तर्क राखे ।


ADVERTISEMENT

# # #


उनले विगतका चुनावमा कांग्रेसले पटकपटक बहुमत ल्याएपनि मुलुक नबनेको आरोप लगाए । उनले बताए, ‘अबपनि देशलाई अविकसित रहिरहन दिन सकिँदैन । यसैले यस पटकको चुनावमा एमाले र माओवादी एक भएको हौँ । चुनावपछिको सरकारले मुलुकको समग्र विकासका लागि अभियान सुरु गर्छ ।’ अहिले शेयर बजारमा देखिएको उतारचढाव चुनावपछि हटेर जाने दाबी गरे ।

ओलीले ३३ प्रतिशत महिलासहित अन्य समुदायको आरक्षणको व्यवस्थालाई विस्तारै हटाउनुपर्नेमा जोड दिए । उनले बताए, ‘हामीले महिलासहित सबै वर्ग, समुदायको विकासका लागि काम गर्नेछौं । सबैको स्तर माथि उठ्यो भने आरक्षण विस्तारै हट्दै जानेछ’ ।

आईटीयुक्त संसार खोजिरहेको युवाको सपना साकार पार्ने संकल्पसाथ आफू अघि बढिरहेको समेत उनको भनाइ थियो । उनले कार्यकर्तालाई मतदाता शिक्षातर्फ ध्यान दिन निर्देशन समेत दिए ।