• अनिलको सन्यास

काठमाण्डौं-एफसी एसियन कप अन्तर्गत फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि अन्तिम टोलीको घोषणा भएको छ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले पछिल्लो खलको टोलीबाट तीन खेलाडी परिवर्तन गरेका छन् । चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ र आदित्य चौधरी टोलीमा अटाएका छैनन् । एलन न्यौपाने पनि टोलीमा परेनन् ।


ADVERTISEMENT


यसपटक टोलीमा गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर जगजित श्रेष्ठ र कप्तान अनिल गुरुङले पुनरागमन गरे । कप्तान अनिलले यस खेलमा ५० क्याप पुरा गरेर सन्न्यास लिंदैछन् । जगजित डेढ वर्षको अन्तरालपछि टोलीमा परेका हुन् । फरवार्डमा कप्तान अनिल गुरुङसँगै नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, विमल घर्ति मगर र जर्ज प्रिन्स कार्की छन् ।


ADVERTISEMENT

# # #


नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विशाल श्रेष्ठ र विकेश कुथु छन् । यस्तै, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् । यसै गरी मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ छन् ।

नेपालले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा फिलिपिन्सको सामना गर्दैछ । नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ ।