काठमाडौँ– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ ।


ADVERTISEMENT


आज पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उनले जोड दिए ।


ADVERTISEMENT

# # #


जनताको चाहना विपरीत जबर्जस्ती लादिएको धर्म निरपेक्षको औचित्य नरहेको बताउँदै उनले देशमा करिब ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको हुँदा उनीहरूको भावनालाई सम्बोधन गर्न नेपाललाई चाँडो हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए ।

अध्यक्ष लोहनीले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय चरित्र भएका संस्था र राष्ट्रवादी दलकाबीच समन्वय गरी मुलुकको राष्ट्रियता बलियो बनाउने र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले आफ्नो पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराए ।

पूजामा पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताको सहभागिता थियो ।