इराक र इरानको उत्तरी सीमामा आज गएको शक्तिशाली भूकम्पमा परी १ सय ७० जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


इराकको कुर्द शहर हलब्जा नजिकै केन्द्रबिन्दु पारी ७.३ म्याग्नीच्युडको भूकम्पमा गएको हो । भुकम्पमा परि इरानको पश्चिमी करमानशाह प्रान्तमा १ सय ६४ जना र इराकमा ६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


१ हजारभन्दा बढी घाईते भएका छन् । भूकम्पबाट सबैभन्दा बढी इरानको सारपोल ए जहावशहर प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । त्यहाँ आसपासका ८ वटा गाउँमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

भूकम्पपछि गएको पहिरोका कारण केही स्थानमा प्रभावितहरुको उद्धारमा कठिनाई भएको बताईएको छ । सो क्षेत्र आसपासका गाउँहरुमा बिजुली तथा दुरसञ्चार सेवा ठप्प भएका छन् ।

टर्की, इजरायल र कुवेतमा समेत भूकम्पको धक्का महसुश गरिएको थियो ।