काठमाडौँ– सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैँया तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० रुपैँयामा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैँयाले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० रुपैँया कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९०० रुपैँया तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैँयाले घटेर एक हजार २६० रुपैँया तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।