काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ ।


ADVERTISEMENT


देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै सङ्घले नगर तथा वडामा सङ्गठन निर्माण गर्नेक्रम जारी रहेको जनाएको हो ।


ADVERTISEMENT

# # #


अहिलेसम्म पूर्वाञ्चल र गण्डकीमा भेला सम्पन्न गरेको सङ्घको वाग्मती प्रदेश भेला सोमबार काठमाडौँमा हुन लागेको बताइएको छ । सङ्घका इञ्चार्ज दीलकुमारी पन्तले मुलुकमा शान्ति, सुशासन, स्थायित्व कायम गर्न देशव्यापी प्रशिक्षण, विभिन्न सन्देशमूलक अभियानलगायत राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

भ्रटाचारमुक्त समाज निर्माणका लागि खबरदारी, सभा, गोष्ठी, मूल्यवृद्धिविरुद्ध रचनात्मक कार्य गर्दै आएको सङ्गठनले विभिन्न स्थानमा सरसफाइसमेत गरेको छ । परिवर्तित अवस्थामा साङ्गठनिक गतिविधि गर्नुपरेका कारण तथा नयाँ पार्टी निर्माणको औचित्यबारे स्थानीय तहदेखि नै जनतलाई बुझाउने, उनीहरुका समस्यालाई केन्द्रमा राखेर समाधानका लागि समन्वय गर्ने कार्यमा सङ्घ क्रियाशील रहेको जनाइएको छ ।

समाजमा विकास र समृद्धि प्राप्तिका लागि युवा लक्षित कार्यक्रम तय गर्न सबै प्रदेशले आआफ्नो विशेषता तथा आवश्यकताअनुसार कार्य योजना बनाइरहेको सङ्घका अध्यक्ष नरेश शाहीले बताए । रासस