काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामामा हुने वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेल प्रदेश नं. १ र बागमती प्रदेशबीच हुने भएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले एकदिवसीय फर्मेट तथा राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । भोलि उद्घाटन खेलमा प्रदेश १ र बाग्मतीबीचको खेल मंगलबार टियु क्रिकेट मैदानमा हुनेछ ।


ADVERTISEMENT

# # #


प्रतियोगितालाई आगामी डिसेम्बर अन्तिम साता हुने भनिएको यू–१९ एशिया कपको लागि टिम तयार गर्ने अवसरका रुपमा क्यानले हेरेको म्यानेजर विनोद दासले जनाए । उनले भने, ‘प्रतियोगिताको उद्देश्य खेलाडीलाई उत्कृष्ट प्लेटफर्म र अवसर प्रदान गर्ने हो । यू–१९ एशिया कपको अनुमानित मिति अन्तिम डिसेम्बर रहेको छ, त्यसका लागि नयाँ प्रतिभा पहिचान गरी नेपाली टिम तयार पार्न पनि यसले सहयोग पुर्याउने छ ।’

उनले प्रतियोगिताको विजेतालाई पुरस्कारको व्यवस्था भन्दा पनि खेलाडीको भरपूर सेवा सुविधानमा ध्यान दिइएको बताए । प्रतियोगिताको लागत जिल्ला, प्रदेश छनोटको खर्चसमेत गरी ९० लाख रुपैयाँ रहेको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको छनोट प्रक्रियामा ७ सय भन्दा बढी युवहरुले सहभागिता जनाएका थिए ।

जम्मा ७ टिमको सहभागिता रहेको प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा हुनेछन् । मंगलबार नै मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र लम्बिनी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सातवटै प्रदेशहरु– प्रदेश नं. १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिीनी प्रदेश, प्रदेश नं. २, सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ ।

प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते टियु मैदानमा हुनेछ । प्रतियोगिता अन्तर्गत टियु मैदानमा हुने खेलको प्रत्यक्ष प्रशारण डिस मेडिया नेटवर्कको एक्सन स्पोर्टसले प्रशारण गर्ने आयोजकले जनाएको छ ।