चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आम निर्वाचनमा चितवनबाट उम्मेदार दिने भएका छन् ।


ADVERTISEMENT


चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन कार्यक्रममा उनले उनले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा अध्यक्ष प्रचण्डले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको र लोभलाग्दो रहेको भरतपुर महानगरको विकासलाई अझ उचाइमा पुर्‍याउनका लागि चितवन क्षेत्र नं ३ आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे ।

अघि बोल्दै उनले भने, ‘भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उहाँको भनाइ थियो । “चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ ।’

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन् । यी क्षेत्रमा रुचार अर्ब रुपैँयाको लगानी हुने उनको भनाइ थियो । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले उल्लेख गरिन् । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुनेछ । जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ ।

ती ट्युबेल निर्माण गर्न १३ करोड ६० लाख रुपैँया खर्च भएको उनको भनाइ छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ ।