काठमाण्डौ-लगानी बोर्डले काठमाडौंको नागढुंगा देखि कोटेश्वर हुँदै काभ्रेको धुलिखेलसम्मको रेल मार्ग निर्माण आफैले गर्ने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालयमा आज बसेको बोर्ड बैठकले रेल मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार तथा निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


रेलमार्ग निर्माण सम्बन्धी अध्ययन प्रतिवेदनमा ७९ किलोमिटर लामो सो रेल निर्माणका लागि ३ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सार्वजनिक निजी साझेदारी अन्र्तगत निर्माण कार्य अघि बढाउने तयारी गरेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकामा मेट्रो रेल परियोजनाका लागि समेत अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

यस्तै बैठकले अरुण ३ र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनका लागि ६ महिना समय थप गर्ने निर्णय गरेको छ । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विभिन्न्न आयोजनाबारे भईरहेको कार्य विवरण प्रस्तुत गरेका थिए ।