काठमाण्डौं-चार दिनअघि इटहरी-४ मा सुजन नेपाललाई ताकेर गोली प्रहार गर्ने मनोज चौधरीको घरबाट प्रहरीले छापामारी १६ वटा खेलौना बन्दुक चार थान एयरगन र तीनवटा तरबार र एउटा छुरी समेत बरामद गरेको छ । अभियुक्त मनोज र बिसे चौधरी फरार छन् । सुजनलाई ताकेर गोली प्रहार पछि भागेका उनीहरुले चलाएको बा ५ च २७८ नम्बरको कार समेत फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


प्रहरीले घटनास्थलबाट एउटा गोलीको खोला फेला पारेको छ । ७६ थान घडी २५ थान मोबाइल समेत प्रहरीले छापामारी बरामद गरेको छ । प्रहरीले ज्यानमार्ने उद्योग अन्तरगत मुद्धा दायर गरेको छ भने हातहतियार तथा लागु औषध सम्बन्धी अध्ययन भइरहेको जनाएको छ । डीएसपी सञ्जय राउतका अनुसार नीजहरु पटके अपराधमा पहिले पनि पक्राउ परेका थिए । उनीहरुबाट बढी मात्रामा मोबाइल र घडी बरामद हुनुले उनीहरु लागु औषधको कारोबार गर्ने र मोबाइल घडी दिएबापत् लागु औषध दिने गरेको आशंका प्रहरी गरेको छ ।


ADVERTISEMENT

# # #