भोजपुर – नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित  भएका छन् । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका थिए ।


ADVERTISEMENT


वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए ।


ADVERTISEMENT

# # #


तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताए ।

जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो ।