काठमाडौँ– अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावललाई नेकपा एमालेका नेता महेश बस्नेतले सो निर्णय फिर्ता लिन सुझाव दिएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले रावललाई सो आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


रावलको अध्यक्ष उम्मेदार घोषणाले राम्रो सन्देश नगएको उनको भनाई छ । यस्तै, उनले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको र यो नै उपयुक्त रहने समेत बताएका छन् ।

नेता बस्नेत स्वयम् आफैले भने सचिव पदका निमित्त उम्मेदवारी दिने घोषणा गरेका छन् । यसका लागि उनले उम्मेदवारीको १० आधारसमेत प्रस्तुत गरिसकेका छन् ।