काठमाडौँ–  मायालु जोडीहरुको एक अर्का प्रतिको विश्वास र समर्पणलाई समेटेर लेखिएको ‘सितल जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार प्रलाद शाहको यस गीतमा शब्द रहेको छ।


ADVERTISEMENT


गीतमा युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी र भ्वाइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ। गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।


ADVERTISEMENT

# # #


युवा युवती बीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहको सम्पादन रहेको छ ।

होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको छ । भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस् :