काठमाण्डौं-नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा थप चार बढुवा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिस गरेको हो ।


ADVERTISEMENT


प्रहरीमा यसअघि नै ११ एआईजी बढुवा भइसकेका छन् । चुनावको मुखमा पुन: चार जनालाई एआईजी सिफारिस गरिएको हो ।


ADVERTISEMENT

# # #