काठमाण्डौं-सिद्धार्थ बैंक र सिटिजन्स बैंक समेतको लगानीमा करिब ७२ करोड रुपैयाँ खर्च हुने भनिएको आयोजनाको ९७ प्रतिशत काम सकिएको जनाइएको छ ।


ADVERTISEMENT


यो आयोजनाको उत्पादनसहित इलामबाट करिब ७५ मेगावाट बिजुली उत्पादन भइ राष्ट्रिय प्रशारणमा जोडिएको छ । इलाममा निर्माणाधीन पुवाखोला १ जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।


ADVERTISEMENT

# # #


कुल ४ मेगावाट बिजुली निकाल्ने क्षमता भएको यो आयोजनाबाट तत्कालका लागि एउटा मात्र टर्बाइन सञ्चालनमा रहेकाले २ दशमलव २ मेगावाट मात्र उत्पादन भइरहेको छ ।

इलाम नगरपालिका र देउमाइ नगरको बीचमा पर्ने पुवाखोलाको पानी उपयोग गरी यो आयोजना निर्माण गरिएको हो ।

आयोजनाबाट उत्पादित बिजुली काबेली कोरिडोको गोदक सबस्टेशनमार्फत राष्ट्रिय प्रशारणमा जोडिएको आयोजनाका प्लान्ट म्यानेजन रमाकान्त देवले बताए ।