काठमाडौं – नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।


ADVERTISEMENT


उनी सवार मोटरसाइकललाई मंगलबार राति बुटवलको जितगढीमा बसले ठक्कर दिएको थियो । लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जितबाहादुर थापा गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


मोटसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बन्जाडेको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारकको क्रममा निधन भएको हो ।