काठमाडौं  –स्वास्थ्य मन्त्री विरोध खतिवडाले निर्देशन दिएपछि १३ वर्ष देखि एसाइटिस (पेटमा पानी जमेको)  रोगबाट पिडित श्यामलाल सार्कीको उपचार सुरु भएको छ । सार्की एसाइटिसबाट १३ वर्ष देखि  पीडित थिए । स्वास्थ्य मन्त्री  खतिवडाको निर्देशनपछि उनको उपचार वीर अस्पतालमा सुरु भएको हो ।


ADVERTISEMENT


१३ वर्ष देखि उक्त रोगबाट पिडित अर्घाखाँची नगरपालिका ९ नौलापानीका श्यामलालको आर्थिक समास्याका कारण उपचार हुन नसकेको कुरा सामाजिक सञ्चाल र विभिन्न सञ्चारमाध्यममा आएको थियो । यो कुरा स्वास्थ्य मन्त्रालयमा पुगेपछि मन्त्री खतिवडाको निर्देशनमा उनको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


हिँडडुल समेत गर्न नसक्ने श्यामलालको अहिले वीर अस्पतालको मेल मेडिकल वार्ड अन्तर्गत बेड नं १२३ मा उपचार भैरहेको छ ।

उनको उपचारमा संलग्न डाक्टरका अनुसार अहिलेसम्म अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परिक्षणहरु भैसकेको छन् भने कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेकदिन भैरहेको छ । सो पानी समेत परिक्षणका लागि दिइएको र रिपोर्ट विहिबारमात्र आउने अस्पतालले जनाएको छ ।