काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको बताएका छन् । ओलीले सकेसम्म सहमति खोज्ने प्रयास गरेको भए पनि रावलले उम्मेदवारी नै घोषणा गरेपछि आदर नै गरेको भनी बुझ्ने प्रतिक्रिया दिएका हुन् ।


ADVERTISEMENT


पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेकोसमेत उनले बताए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका ओलीले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


सहमतिमार्फत पदाधिकारी चयनका लागि प्रयास गर्दै आएका अध्यक्ष ओलीले अब सहमतिका लागि आग्रहसमेत नगर्ने बताए । ओलीले नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताए । मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको हुने भएकाले केही नबोल्ने स्पष्ट उनले पारे ।  पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताए ।

यस्तै एमाले अध्यक्ष ओलीले नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई ठिक भन्न नसकिने प्रतिक्रिया दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागिएको विषयमा प्रतिक्रिया दिँदै भने, ‘कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ? ’ उनले अदालत सुधार्न चाहेको भए सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताए । अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारेका छन् ।