काठमाडौं – मारुती सिमेन्ट लिमिटेडले आफूहरु गुणस्तरमा सँधै प्रतिबद्ध रहेको बताएको छ । नियोजित तथा कपोलकल्पित एवं बढाई चढाई  समाचार प्रेषण भएकोमा आपत्ति जनाउँदै कम्पनीले यस्तो बताएको हो ।


ADVERTISEMENT


कम्पनीले आफूहरुले जहिले पनि गुणस्तरलाई ध्यान दिएको कारण ग्राहकको मन जित्न सफल भएको जनाएको छ ।  मारुती  नै नेपालकाे पहिलो निजी क्षेत्रको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी भएको र गुणस्तरका कुरामा कहिले पनि ह्रास आउन नदिने कम्पनीले बताएको छ ।


ADVERTISEMENT

# # #


साथै कम्पनीले लगातार १५ वर्षदेखि आफ्नो कम्पनीको गुणस्तरलाई मनपराउने ग्राहकवर्गलाई हृदयत: धन्यवाद एवं आभार प्रकट गरेको छ । त्यसैगरी  गुणस्तरका कुरामा प्रतिबद्ध रहेको र यसलाई कहिले पनि ह्रास आउन नदिन आफूहरु सचेत रहेको पनि एक विज्ञप्ति जारी गर्दै कम्पनीद्वारा जारी  विज्ञप्तिमा भनिएको छ ।

मारुती त्यस्तो कम्पनी हो  जसले आफ्नो उत्पादनको सुरुवाती दिनदेखि नै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन दिएन । बरु दिनानुदिन अझ गुणस्तर निखार्दै र कमी कमजोरीहरुलाई सुधार्दै नेपालको नं १ ब्राण्डको रुपमा स्थापित भयो । साथै कम्पनीले विदेशी सिमेन्टहरुलाई प्रतिस्थापन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको थियो ।

यस्तो छ मारुतीको प्रेस वक्तव्य